नयाँ वर्षमा मिछुर्लुङ्गमा मौलिक कौराहा प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, चैत ११

नयाँ वर्ष २०८१ को अवसरमा भिमाद नपा–५ स्थित मिछुर्लुङ्गमा खुल्ला मौलिक कौराहा प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
मिछुर्लुङ्ग विकास समितिको आयोजनामा आगामी वैशाख १ गते मिछुर्लुङ्गमा मौलिक कौराहा प्रतियोगिता आयोजना गर्न लागिएको आइतवार मिछुर्लुङ्गमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मगर समुदायको लोकप्रिय मौलिक नाँच कौराहाको संरक्षण गरी गाउँ पर्यटन प्रर्बद्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जनमा अभिवृद्धि गर्ने उदेश्यका साथ प्रतियोगिता गरिएको समितिका अध्यक्ष एवम् मुल संयोजक नरेन्द्र थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीयले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र सान्त्वना दुई समुहले १०÷१० हजार रुपैया पाउनेछन् । घटिमा १५ र बढिमा २० जना एक समुहमा सहभागि हुनुपर्ने छ ।

उक्त कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गााियका शिला आलेको समेत साँस्कृतिक प्रस्तुती समावेश गरिएको प्रतियोगिताका सह–संयोजक हर्क बहादुर रानाले जानकारी दिए । मगर लाफा भिलेजका साथै मिछुर्लुङ्ग साँस्कृतिक समुहको सह–आयोजनामा हुने उक्त प्रतियोगितामा १५ समुहको सहभागिता रहने अनुमान गरिएको छ ।

साँस्कृतिक, प्राकृतिक र जैविक विविधताले धनी गाउँ मिछुर्लुङ्गमा सामुदायिक होमस्टे सञ्चालनमा छन् । २४ घरमध्ये दुई घर दलित समुदाय छन् । मिछुर्लुङ्ग भ्यू–टावरबाट सुन्दर हिमाली दृश्यावलोकन समेत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु