बालिका बलात्कारको प्रयास गर्ने पठाओ चालकलाई १ बर्ष कैद

Devghat Online

शेयर गरौ

दमौली, चैत १३

१३ बर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका आवुँखैरेनी गाउँपालिका–६ डिहिखेतका ३१ ब्र्षिया दिपेश गुरुङलाई तनहुँ जिल्ला अदालतले दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश आत्मदेव जोशीको इजलासले मंगलबार जबरजस्ती करणी उद्योग सम्बन्धि सो मुद्धामा अन्तिम फैसला गर्दै अभियुक्तलाई १ बर्ष कैद फैसला, १० हजार जरिवाना र ५० हजार रुपैयाँ पीडितलाई क्षतीपुर्ती स्वरुप भराउने फैसला सुनाएको हो ।

गुरुङले गत २०८० असोज ७ गते आवुँखैरेनी गाउँपालिका–६ को घुमाउनेबाट सोही गाउँपालिका–५ को छिम्केश्वरी जाने कच्ची बाटोमा आफ्नो पठाओमा राखी बालिकालाई घर पु¥याउने क्रममा बाटोमा पठाओ रोकी बालिकाको संवेदनशिल अंगमा छुने, किस खाने, बलात्कार गर्न भुईमा लडाउने जस्ता कार्य गरेकोमा बालिका भागेर घर गई अभिभावकसँग उक्त घटनाको बारेमा जानकारी गराएपछि बालिकाको अभिभावकले असोज ८ गते इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा जाहेरी दिएका थिए । आरोपितलाई प्रहरीले असोज ८ गते नै पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले आरोपित विरुद्ध जिल्ला अदालतमा असोज २५ गते जबरजस्ती करणी उद्योग मुद्धा दर्ता गरेकोमा आरोपित जिल्ला अदालतको आदेशमा असोज २६ गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक