नववर्षमा दमौलीमा सांगीतिक साँझ हुने, दुर्गेश थापाले प्रस्तुती दिने

Devghat Online

शेयर गरौ

दमौली, चैत २६

होटल व्यवसायी संघ तनहुँले चैत ३० गते दमौलीमा नयाँ बर्ष सांगीतिक साँझ गर्ने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ बर्ष सांगीतिक साँझ २०८० गर्ने जानकारी गराएको हो ।

संस्थाले बिगतका बर्षमा जस्तै यसबर्ष पनि नयाँ बर्षको अवसरमा सांगीतिक साँझ आयोजना गर्न लागेको होटल व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष एवं संघको गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा बिलास भट्टराईले बताए । यहाँका युवायुवती नयाँ बर्ष मनाउन पोखरा काठमाडौ जस्ता शहरमा जाने गरेका छन् । ती युवायुवतीलाई यहीँ नै रोकेर मनोरञ्जन दिलाउने उदेश्यले साँगितिक कार्यक्रम गर्न लागेका हौ । ‘यहाँका युवयुवतीलाई थोरै पैसामा पनि रमाउन सकिने बाताबरण मिलाउने लक्ष्यका साथ कार्यक्रम गरिन लागिएको हो’, उनले भने । सांगीतिक साँझमा राष्ट्रिय कलाकार दुर्गेश थापाको प्रस्तुति रहनेछ ।

त्यस्तै गरि स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । उनीहरुले दर्शक दिर्घालाई भरपुर मनोरञ्जन दिने बिश्वास गरिएको छ ।

कन्सर्टमा खर्च बढी हुने गरेकाले अहिले सांगीतिक साँझ गरिन लागिएको उपाध्यक्ष भट्टराईले बताए । सांगीतिक साँझको लागि पर्यटन बोर्ड गण्डकी प्रदेशले ६० हजार दिने प्रतिबद्धता जनाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रमको लागि प्रवेश शुल्क दुई सय रुपैयाँ तोकिएको संघका अध्यक्ष गिर बहादुर थापाले बताए ।

सो कार्यक्रममा होटल व्यवसायी संघ तनहुँले प्रकाशित गरेको २०८१ सालको भित्तेपात्रोको संघका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठले विमोचन गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता