रेडियो देवघाटद्वारा शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, चैत २८

देवघाटबाट सन्चालित रेडियो देवघाट १०२.६ मेगाहर्जको आयोजनामा नव वर्ष २०८१ अवसरमा शुभकामना आदान प्रदान एवं रेडियोद्वारा प्रकाशित चौथो संस्करणको भित्तेपात्रो विमोचन कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

रेडियोका अध्यक्ष विजयराज शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, नेकपा एमाले देवघाट गाउँपालिका गाउँकमिटीका अध्यक्ष केशवचन्द्र न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिकाका सयोजक गोविन्द प्रसाद न्यौपाने, देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, मधुबन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराम गिरी, नेपाल रेडक्रस सोसाइटी नवलपुरका सदस्य गोविन्द न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रेडियोका महासचिव निरन्जन हाडाले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य रेडियोका लेखा समिति सदस्य जानकी क्षेत्रीले गरेको रेडियोका बजार प्रबन्धक गोपालचन्द्र न्यौपानेले जानकारी दिए ।

सो अवसरमा वक्ताहरुले रेडियोको महत्वको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रममा रेडियोद्वारा प्रकाशित भित्तेपात्रोको सम्पुर्ण अतिथीहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता