नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, चैत ३०

नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ । शुक्रबार घिरिङ आइपुगेको सो टोलीलाई वडा नम्बर ५ धेनुङ्ग देउरालीमा स्वागत गरिएको हो ।

ऐतिहासिक महत्व बोकेका स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत चैत २७ देखि गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा टोलीलाई शुक्रवार घिरिङ गाउँपालिकामा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका हुन् ।

सो टोलीलाई स्वागत गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका पदमार्ग, कोट, गढी, किल्लाको संरक्षण गर्न नेपाली सेनाले चालेको कदम प्रती सम्मान रहेको बताए । अध्यक्ष थापाले आगामी दिनमा देशको रक्षाको निम्ति सेनाले अझ साहसीक भुमिका खेल्ने अपेक्षा विश्वास व्यक्त गरे ।

सो अवसरमा वडा नम्बर ५ का अध्यक्ष बिष्णुवीर आले, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा, नेपाली कांग्रेस घिरिङका सभापति याम बहादुर थापा सहित स्थानीय महिला समूहहरुले बाजागाजा सहित स्वागत गरेका थिए । नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा गत चैत २७ गते मंगलवार गोरखा दरबारबाट सुुरु भएको थियो । उक्त यात्रामा अधिकृतको कमाण्डमा ४८ जना सहभागी छन् ।

गोरखाबाट सुरु भएको उक्त यात्रा तनहुँ पाल्पा हुदैं रुपन्देहीको जितगढी पुग्नेछ । गोरखाको टोली पालुङटारको हुँदै तनहुँ आएको थियो । उक्त टोली शनिबार घिरिङ हुँदै पाल्पा पुग्नेछ । यात्राको क्रममा तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई झन्डा बुझाउछ । उक्त टोली वैशाख ५ गते जितगढी पुगेर बिजय उत्सवमा सहभागी हुन्छ ।

नेपाल र तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीबीच भएको लडाँईमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रुपमा मनाउने गरिन्छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यका साथ पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

करिब दुई सय सात किलोमिटर दूरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा स्वागत तथा बिदाईको कार्यक्रम भईरहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु