घिरिङमा क्षयरोगको खोजपड्ताल शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

घिरिङ, बैशाख ४

घिरिङ गाउँपालिकाको आयोजनामा क्षयरोग खोजपडताल (स्कृनिङ्ग), रक्तचाप तथा सुगर परिक्षण शिविर सम्पन्न भएको छ।

घिरिङ गाउँपालिका -४ गडौलिटारमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा सोमबार भएको शिविर बाट १ सय ११ जनाले सेवा लिएका थिए ।

उनिहरु सबैको सुगर परिक्षण गरिएको थियो भने ८६ जनाको खकार जाँच गरिएको थियो। जसमा महिला ६६ जना पुरुष ४५ जना सहभागी रहेको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले जानकारी दिए।

सो शिविरमा सहभागिहरुको स्वास्थ्य परिक्षण घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलिले गरेका थिए।

वडा नं ४ का अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा भएको सो शिविर उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीले गाउँका सोझा नागरिकले आफ्नो स्वास्थ्यमा आएका सामान्य समस्या लाई हेलचेक्र्याई गर्दा पछि ठूलो समस्या हुन सक्ने भएकोले यस्को गाउँघरमै सेवा दिएको बताइन।

आगामी दिनमा पनि विभिन्न किसिमका स्वास्थ्य परिक्षण गरि सबै नागरिकलाई स्वास्थ राख्ने प्रतिबद्धता अधिकारीले गरिन। कार्यक्रममा कार्यपालिका सदस्य रिमा कुमालको पनि सहभागी रहेको थियो।

सो कार्यक्रम स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले संचालन गरेका थिए भने स्वागत मन्तब्य प हे न शरिता श्रेष्ठले राखेकी थिइन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय