गन्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

Devghat Online

शेयर गरौ

पोखरा, बैशाख २३

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाको आइतबार बैठकमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सभामुख कृष्णप्रसाद धितालले ३० लाई नै बहुमत मानेपछि नेपाली कांग्रेसले सदनमा नाराबाजी गरेको थियो । नाराबाजीकैबिच सभामुख धितालले मुख्यमन्त्री अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।

विश्वासको मतको पक्षमा ३० मत प¥यो भने विपक्षमा २७ मत प¥यो । २ सदस्यी राप्रपा भने तथस्ट बस्यो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि पछिल्लो समय सर्वोच्चले गरेको फैसला अनुरुप नै सभामुख धितालले ३० लाई बहुमत मानेका हुन् । ६० सदस्ययी प्रदेश सभामा सभामुखसहित ६० सदस्य उपस्थित थिए ।

मुख्यन्त्री अधिकारीका पक्षमा एमालेका २२, माओवादीका ७ (सभामुख बाहेक) र एक जना स्वतन्त्र सांसद पक्षमा उभिए । २ सिट रहेको राप्रपा तथस्ट रह्यो । भने नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको थियो ।

सर्वोच्चले पछिल्लो समय सभामुख बाहेक नै ३० मत देखिएको भन्ने व्याख्या गरेको थियो । सभामुखलाई नगन्दा सांसद ५९ रहेको र बहुमत ३० हुने व्याख्यालाई टेकेर सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषण गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता