देवघाटले पशु विमा गराए ५० प्रतिशत अनुदान दिने

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २४

देवघाट गाउँपालिका वडा नम्बर ५ ले पशु विमा गराउने कृषकलाई विमा वापतको रकमको ५० प्रतिशत अनुदान दिने भएको छ ।

वडा नम्बर ५ को कार्यालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत पशु विमा प्रिमियममा कृषकले तिर्नुपर्ने रकमको ५० प्रतिशत अनुदान दिने भएको हो ।

वडा कार्यालयले सोमबार सुचना प्रकाशित गरि वडा नम्बर ५ भित्र पशु पालनमा संलग्न रहेका कृषक तथा पशु फर्महरुलाई मान्यता प्राप्त विमा कम्पनीबाट विमा गराएको भए कृषकले तिर्ने प्रिमियममा ५० प्रतिशत वडा कार्यालयले अनुदान दिने जनाएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित वडा कार्यालयमा निबेदन दिन वडा अध्यक्ष पुर्णबहादुर कुँवरले कृषकहरुलाई अनुरोध गरेका छन् । निबेदनको साथमा नागरिकताको प्रतिलिपि, विमालेखको प्रतिलिपि र विमा गरेको पशुधनको ट्याग सहितको फोटो अनिवार्य चाहिने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता