एमाले तनहुँमा सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुको पहल, कडेंललाई अध्यक्ष बनाउन नेताहरुको लबिङ

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २४

नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशन नजिकिएसँगै नेतृत्व चयन सर्वसम्मत बनाउन नेताहरु लागिपरेका छन् । सकेसम्म सर्वसम्मत तथा सर्वसम्मत बनाउन नसकेपनि प्यानल बनाउनबाट रोक्न नेताहरु लागि परेका छन् ।

स्थायी कमिटिका सदस्य किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने तथा निवर्तमान अध्यक्ष केदार सिग्देल, हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरु आगामी जिल्ला नेतृत्व सर्वसम्मत बनाउन लागि परेका छन् । म्याग्दी, स्याङजा लगायतका जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हुँदा तनहुँमा पनि सर्वसम्मत बनाउन केन्द्रीय नेताहरु लागि परेका छन् । केन्द्रीय नेताहरुविच तनहुँको नेतृत्व सर्वसम्मत बनाउन यस अघि पटक पटक छलफल समेत भईसकेको छ ।

केन्द्रीय सदस्य भगवती न्यौपानेले आइतबार सामाजिक सन्जालमा स्टाटस ‘लेख्दै्र नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउन हामी सबैको योगदान चाहिन्छ, त्यसकालागि सुदृढ संगठन चाहिन्छ । हामी चाहन्छौं आन्तरिक एकता मजबुत होस्, आपसी सम्बन्ध सुमधुर होस । आवेग र उत्तेजना होईन विवेक र संयमता हामी सबैमा होस । यिनै कुरालाइ मध्यनजर गरि अधिवेशन सम्पन्न गरौं’ भनेकी छिन् । लोकवाणीसँग कुरा गर्दै न्यौपानेले आफुहरुको पहल सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तर्फ रहेको र अन्तिसम्म उक्त पहल गर्ने बताइन् ।

छलफलमा रहेका अधिकांश केन्द्रीय तहका नेताहरुले हालका उपाध्यक्ष हरिराज कडेंललाई अध्यक्ष बनाएर जाने गरि छलफल अगाडी बढाएका छन् । हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाउँपालिकाको अध्यक्ष समेत रहेको हुँदा उनी पार्टी अध्यक्षमा दोहोरिन नमिल्ने भएपछि उपाध्यक्ष कडेंललाई अध्यक्ष बनाएर जाने गरि नेताहरु लागेको बुझिएको छ । त्यसो हुँदा नेतृत्वको हस्तान्तरण पनि हुने र क्रमशः सबैको पालो आउने नेताहरुको भनाई छ ।

अध्यक्षमा हालका सचिव राजेश्वर ढकाल र पुर्व प्रदेश कमिटि सदस्य विष्णुभक्त सिग्देलले पनि दावी गर्दै आएका छन् । सिग्देल यस अघि नै प्रदेश कमिटिमा रही सकेको हुँदा उनलाई पुनः प्रदेश कमिटिमा मनोनित गरेर सचिवालय सदस्य बनाउने र जिल्ला सचिव रहेका ढकाललाई बढुवा गरि उपाध्यक्ष बनाउने गरि नेताहरुले लविङ गरेको बुझिएको छ । त्यसो हुँदा हालका उपसचिव प्रदिपराज अधिकारीलाई सचिव तथा नेकपा एकिकृत समाजबादी परित्याग गरि केही महिना अघि एमालेमा फर्किएका श्रीराम कार्कीलाई उपसचिव बनाउने नेताहरुको तयारी रहेको छ । तर कार्कीले आफु उपसचिव बन्न तयार नरहेको सन्देश नेताहरुलाई दिएका छन् । उनी उपाध्यक्ष वा सचिव हुन पाउनुपर्ने अडानमा छन् ।

अध्यक्षका आकांक्षी सिग्देल र कार्की सहमत नभएमा भने पदाधिकारीमा चुनाव हुन सक्नेछ । सकेसम्म सर्वसम्मत बनाउने तर चुनाव गर्न चाहेमा नरोक्ने एमालेको नीति रहेको हुँदा चुनाव हुने सम्भावना पनि त्यतिकै बलियो रहेको छ । चुनाव भएको खन्डमा हालका उपसचिव खिम कुमाल र जिल्ला सदस्य अनिल पाण्डे, सिताराम सुर्खाली, रनबहादुर राना लगायतका नेताहरुले पनि पदाधिकारीमा लड्ने बताएका छन् ।

चुनाव भएको खन्डमा भने हरि कंडेल अध्यक्ष, राजेश्वर ढकाल उपाध्यक्ष, प्रदिपराज अधिकारी सचिव तथा खिम कुमाल उपसचिव रहेको टिम बन्ने निश्चित जस्तै छ र उक्त टिम नै बलियो बन्ने कार्यकर्ताहरुको विश्लेषण रहेको छ ।

लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती