भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भारती

Devghat Online

शेयर गरौ

भरतपुर, बैशाख २६

भरतपुर महानगरपालिकाकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारती आएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत भारतीलाई बुधबार महानगरमा स्वागत गरिएको छ ।

ललितपुर महानगरपालिकाबाट सरुवा भई भरतपुर आएका भारतीलाई भरतपुर महानगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रमुख प्रशासकीय अधिकृत भारतीलाई ढाका टोपी लगाएर कार्यालयमा स्वागत गरिन् । जनप्रनिनिधि र कर्मचारीहरुले स्वागत गरेसँगै भारतीले महानगरपालिकामा बुधबारबाटै पद सम्हालेका थिए ।

कार्यक्रममा महानगर प्रमुख दाहालले प्रशासनिक काम र विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् । प्रमुख दाहालले स्मार्ट भरतपुर निर्माणका लागि बाँकी रहेको कामलाई गहन ढङ्गबाट बढाउन अनुरोध पनि गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत भारतीले स्थानीय तहमा धेरै बसाइँका क्रममा प्राप्त अनुभवलाई भरतपुरमा भरपुर उपयोग गर्ने बताए । महानगरपालिकाले लिएको लक्ष्यलाई अगाडि बढाउन दत्तचित्त भएर लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको