संगम क्लवद्वारा बज्रयोगिनी माविमा शैक्षिक पोशाक वितरण

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २६

दमौली संगम क्लवको आयोजनामा तथा विभिन्न संघ संस्थाको सहयोगमा देवघाट–५ स्थित ब्रजयोगिनी माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । सो अवसरमा विद्यालदयका ३ सय विद्यार्थीलाई विद्यालयको पोशाक ट्रयाकसुट वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद सारु मगरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि दमौली संगम क्लवका अध्यक्ष एवं शिक्षाविद् एवं समाजसेवी नरेन्द्रराज वाग्ले, क्लबका सचिव गिता हमाल, वडा नम्बर ५ का वडा सदस्य बुद्धि बहादुर पान्डे, क्लवका आजिबन सदस्य बाबुराम शर्मा, विद्यालयका प्रअ केशब काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रअ चन्द्रमणी तिमिल्सिनाले गरेका थिए । सो कार्यक्रममा अभिभावक संघ तथा ब्यबस्थापन समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती