संगम क्लवद्वारा बज्रयोगिनी माविमा शैक्षिक पोशाक वितरण

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २६

दमौली संगम क्लवको आयोजनामा तथा विभिन्न संघ संस्थाको सहयोगमा देवघाट–५ स्थित ब्रजयोगिनी माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । सो अवसरमा विद्यालदयका ३ सय विद्यार्थीलाई विद्यालयको पोशाक ट्रयाकसुट वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद सारु मगरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि दमौली संगम क्लवका अध्यक्ष एवं शिक्षाविद् एवं समाजसेवी नरेन्द्रराज वाग्ले, क्लबका सचिव गिता हमाल, वडा नम्बर ५ का वडा सदस्य बुद्धि बहादुर पान्डे, क्लवका आजिबन सदस्य बाबुराम शर्मा, विद्यालयका प्रअ केशब काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रअ चन्द्रमणी तिमिल्सिनाले गरेका थिए । सो कार्यक्रममा अभिभावक संघ तथा ब्यबस्थापन समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।