भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भारती

Devghat Online

शेयर गरौ

भरतपुर, बैशाख २६

भरतपुर महानगरपालिकाकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारती आएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत भारतीलाई बुधबार महानगरमा स्वागत गरिएको छ ।

ललितपुर महानगरपालिकाबाट सरुवा भई भरतपुर आएका भारतीलाई भरतपुर महानगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रमुख प्रशासकीय अधिकृत भारतीलाई ढाका टोपी लगाएर कार्यालयमा स्वागत गरिन् । जनप्रनिनिधि र कर्मचारीहरुले स्वागत गरेसँगै भारतीले महानगरपालिकामा बुधबारबाटै पद सम्हालेका थिए ।

कार्यक्रममा महानगर प्रमुख दाहालले प्रशासनिक काम र विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् । प्रमुख दाहालले स्मार्ट भरतपुर निर्माणका लागि बाँकी रहेको कामलाई गहन ढङ्गबाट बढाउन अनुरोध पनि गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत भारतीले स्थानीय तहमा धेरै बसाइँका क्रममा प्राप्त अनुभवलाई भरतपुरमा भरपुर उपयोग गर्ने बताए । महानगरपालिकाले लिएको लक्ष्यलाई अगाडि बढाउन दत्तचित्त भएर लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती