मातातीर्थ औंसीमा आमा लघुकथासंग्रहको विमोचन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २७

मातातीर्थ औंसीको अवसर पारेर साहित्यकार विद्या ढकालको लघुकथासङ्ग्रह आमाको एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

ढकालकै जन्मस्थान तनहुँ जिल्ला, भानु नपा–४ ठाँटीको चौर–कालिका बालउद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट र स्थानीय ८६ वर्षीय आमा लक्ष्मीकुमारी मल्लले कृतिको विमोचन गरेका थिए ।

साहित्यकार मेदिनी शर्मा चुँदेलीले विमोचित कृतिको विवेचना गरेका थिए। उनले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकोमा कथाकारलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा पदम कार्की, भरत अधिकारी, जयहरि ढकाल, हर्कबहादुर थापा, शिक्षक अमृतप्रसाद मिश्र, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अथिति लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए । उनले मातातीर्थ औंसीको दिनमा सम्पूर्ण आमाको सम्मानस्वरूप आफ्नो आमा लघुकथासंग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताए ।

प्रमुख अथिति डा.भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति विसङ्गतीमाथि कडा प्रहार गरिएको बताए ।

स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशंकर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर