देउराली नगरको अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सांसद श्रेष्ठद्वारा मन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख ३१

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरको अव्यवस्थित बसोबासी समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री भानुभक्त जोशी, सचिव मुकुन्दप्रसाद निरौलासँग भेट गरी सांसद श्रेष्ठले लामो समयदेखि समस्या रहेको देउरालीनगरको अव्यवस्थित बसोबासीको दीर्घकालिन समाधानका लागि उपाय खोजी गर्न ध्यानाकर्षण गराएका हुन् ।

कयौ वर्षदेखि अव्यस्थित बसोबासी समस्या खेप्दै आएका यहाँका स्थानीयवासीको समस्या समाधानका लागि दीर्घकालिन उपाय खोजीका लागि मन्त्री र सचिव समक्ष आग्रह गरेको सांसद श्रेष्ठले बताए ।

उनले भने, ‘तनहुँका जनताका पीर, मर्का र समस्याका सवालमा म सदैव साथमै छु ।’ देउराली नगरका स्थानीयवासीले पटक पटक आफूहरुको समस्या समाधानका लागि अनुरोध गर्दै आएपनि सफल हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको