देवघाटमा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २

तनहुँ जिल्ला अदालतको आयोजनामा शुक्रबार देवघाट गाउँपालिकाकामा न्यायीक बाह्य पहुँच सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा जिल्ला अदालतका न्यायधिश कमलराज विष्टले स्थानीय तहका न्यायीक समितिहरुमा उत्पन्न हुने न्यायीक समस्याहरुलाई समाधान गर्ने यद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा जिल्ला अदालतका न्यायाधीशद्वय आत्मादेव जोशी र चन्द्र कुमार पोखरेलले पनि सहजिकरण गरेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिकाका न्यायिक समितिलाई आवश्यक बजेट उपलब्ध गराउने र श्रोत साधन सम्पन्न गराउने बताए । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले दुनीयाँवादी देवानी प्रकृतिका निबेदनहरु न्यायीक समिति मार्फत नै निरुपण गर्दै आएको बताए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर–५ अध्यक्ष पूर्ण बहादुर कुँवर लगायत वडा सदस्यहरु, सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल लगायतले जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण