व्यास नगर साइनिङ्ग स्टारको दशौँ संस्करण हुने

Devghat Online

शेयर गरौ

दमौली, ५ जेठ

जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ्ग स्टारको दशौँ संस्करण हुने भएको छ । शनिवार व्यास(४ कृष्णपुरमा सम्पन्न संस्थाको दोस्रो साधारण सभाले व्यास नगर साइनिङ्ग स्टारको दशौं संस्करण गर्ने निर्णय गरेको हो ।

व्यास नगर क्षेत्रका १०देखि १४ वर्ष भित्रका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको कार्यक्रम व्यास नगर साइनिङ्ग स्टार यो बर्ष पनि गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष नबिन पुरीले जानकारी दिए ।

प्रतियोगिताको अडिसनको मिति केही दिनमा तय गरिने उनले बताए । अडिसनबाट छनोट भएका बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धा ९फिनाले०गर्ने प्रचलन रहेको छ ।

एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा हुनेछन् ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन तथा तालिमका माध्यमबाट बालबालिकाको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पु¥याउने उद्देश्यले जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

साधारण सभाले १७ जना नयाँ सदस्यका लागि आएको आवेदनलाई अनुमोदन समेत गरेको छ । साथै सभाले कार्यकारिणी उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष नबिन पुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाले भवन निर्माण तथा मर्मत लगायत विविध विषयमा छलफल समेत गरेको थियोे ।

कार्यक्रममा राष्ट्रिय गान तथा जेसिस आस्था पाठको अगुवाई शाखा सम्पादक बिनोद गोशलीले गरेका थिए भने स्वागत कार्यकारिणी उपाध्यक्ष अनुप दाहाल र कार्यक्रम संचालन महासचिव सनम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण