सन्चारकर्मी गहतराजद्वारा बिधार्थीलाई शैक्षिक सामाग्री बितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद जेठ ८

भिमादका सन्चारकर्मी शालिकराम गहतराजले भिमाद नगरपालिका–७ राङरुङ स्थित जय नेपाल आधारभुत बिधालयमा अध्ययनरत ८१ जना बिद्यार्थीहरु लाई खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेका छन् । आफ्नो स्वर्गीय आमा कृष्ण माया बिकको स्मृतीमा सोमबार गहतराजले आफू जन्मेको गाउँमा रहेको सो बिधालयमा २५ हजार रुपैयाँ बराबरको सामाग्री बितरण गरेका हुन् ।

सो अवसरमा वोल्दै गहतराजले आफू १२ वर्षको हुँदा आफ्नो जन्म दिने आमा गुमाउनु परेको र आज सामाजिक र ब्यवसायिक रुपमा जिम्मेवार भएर काम गरिरहँदा आमाको स्मृतिमा गाउँमा रहेको विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गर्न पाउँदा निकै खुसी लागेको बताए ।

बिगतका बर्षहरुमा पनि आमाको स्मृतिमा सहयोग गर्दै आइरहेका उनले यस पटक थोरै भएपनि सहयोग गर्न पाउँदा दिवंगत आमाको आत्माले शान्ती पाउने बिश्वास गरेको बताए । साथै आगामी दिनमा पनि बिपन्न बर्ग लाई लक्षित गरि निरन्तर सकेको सहयोग गर्ने ब्यक्त गरे ।

भिमाद एफ एममा ‘गुनासो मेरो पनि छ’ भन्ने कार्यक्रम सन्चालन गर्दै आएका गहतराज सुनचाँदी व्यवसायी पनि हुन् । उनी भिमाद नगरपालिका–६ डेनमार्क स्थित सुन्दर टोल विकास संस्थाका अध्यक्ष समेत हुन् । उनले भिमाद बजारको रत्न चोकमा राङरुङ सुनचाँदी पसल सन्चालन गर्दै आएका छन् ।

सो कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर भुजेलले आफ्नो विद्यालयमा गहतराजले गरेको सहयोगबाट बिद्यार्थीको शैक्षिक र खेलकुद गतिविधीमा थप टेवा पुग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबराज सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्यहरु रन्जना परियार, श्याम कुमार श्रेष्ठ, पार्वती परियार, विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर भुजेल, बिद्यालय ब्यवस्थापन समिती सदस्य पार्वती श्रेष्ठ, पुर्व बिद्यार्थी अशोक बिश्वकर्मा लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तब्य अमृत सुवेदीले राखेका थिए भने कार्यक्रम सन्चालन शिक्षिका शोभा पौडेल सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण