एमाले म्याग्देको अध्यक्षमा घिमिरे र श्रेष्ठको उम्मेदवारी

Devghat Online

शेयर गरौ

दमौली, असार १

नेकपा एमाले म्याग्देको अध्यक्षमा द्वारिकानाथ घिमिरे र ज्योतीकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

शुक्रबार सुरु भएको गाउँ कमिटीको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा घिमिरे र श्रेष्ठको उम्मेदवारी परेपछि सर्वसम्मती हुन सकेन । आइतबारसम्म सहमति नभए सोमबार निर्वाचन गर्ने निर्णय भएको छ । घिमिरे पुर्व जिल्ला कमिटी सदस्य र श्रेष्ठ पुर्व गाउँ कमिटीका उपाध्यक्ष हुन् ।

अन्य पदहरुमा सर्वसम्मती भएको छ । गाउँ कमिटीको उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, सचिवमा सन्दिप रानाभाट, खुल्ला उपसचिवमा सन्तोष राना र महिला उप-सचिवमा सरस्वती घिमिरे निर्वाचित भएका छन् ।

अधिवेशनले ५१ सदस्यीय गाउँ कमिटी सर्वसम्मतीले निर्वाचित गरेको छ ।

अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महतले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी