व्यास नगरपालिकाको पुनः मतगणना असार २ गते नहुने

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३२

व्यास नगरपालिकाको असार २ गते पुन: मतगणना नहुने भएको छ । उच्च अदालत पोखराले असार २ हुने भनिएको मतगणना स्थगित गर्न आदेश दिएको हो ।

फैसलाको पुनरावेदनका लागी सर्वोच्च अदालतमा पुगेको भन्दै सो मुद्दा किनारा नलागेसम्म पुनः मत गणना स्थगित गर्न उच्च अदालत पोखराले आदेश दिएको हो ।

मेयर वैकुण्ठ नाथ न्यौपानेले केही दिनअघि सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सर्वोच्चमा हेर्न नभ्याइनेमा राखेपछि उनले उच्च अदालतमा निवेदन दिएका थिए।

तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना गर्न जेठ १ गते उच्च अदालत पोखराले आदेश दिएको थियो।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको थियो ।

फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले