प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।

तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालीन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

आइतबार पनि प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।

ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यसले हाल सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र अर्को सत्ता साझेदार दल रास्वपा दबाबमा परेको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले