सह्रदयी मन्चको स्थापना दिवस मनाईयो, अध्यक्ष भट्टराई सम्मानित

Devghat Online

शेयर गरौ

दमौली, असार २०

अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सह्रदयी मन्च तनहुँ, नेपालको दोस्रो स्थापना दिवस विहिबार दमौलीमा मनाइएको छ ।

मन्चकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदी, व्यास नगरपालिकाकी महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता शाखा प्रमुख राधा आचार्य, सह्रदयी मन्चका सल्लाहाकार मदन पौडेल, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, राष्ट्रिय अपाङ्ग महासंघ गन्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारी, अपाङ्गता महिला सरोकार समाजकी अध्यक्ष सितादेवी कुँवर, रिसेडका महासचिव किशोर न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन संस्थाकी सचिव कृष्णा थापाले गरेकी थिईन् ।

अपाङ्गता अधिकार कार्यान्वयनको लागि स्थापित उक्त संस्थाले स्थापनाकालदेखी नै अपाङ्गता अधिकारको पक्षमा निरन्तर वकालत गर्दै आएको छ । जिल्ला सभागृह हल पहुँचयुक्त नभएको भन्दै मन्चको नेतृत्वमा निरन्तर आन्दोलन हुँदै आयो । जसको फलस्वरुप उक्त सभागृहहल सबैको पहुँचयुक्त बनाईएको थियो ।

सम्पादक भट्टराई सम्मानित

यसैविच अपाङ्गता अधिकारको पक्षमा कलम चलाए बापत नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं देवघाट अनलाइनका अध्यक्ष प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् ।

बिहिवार दमौलीमा आयोजित सह्रदयी मन्च तनहुँ, नेपालको दोस्रो स्थापना दिवसको अवसरमा अपाङ्गता आन्दोलनको पक्षमा कलम चलाए बापत इन्सेक तनहुँका प्रतिनिधि एवं लोकवाणी दैनिकका सम्पादक तथा देवघाट अनलाइनका अध्यक्ष भट्टराईलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष सावित्री सुवेदीले जानकारी दिईन् ।

उक्त स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले भट्टराईलाई सम्मान गरेका थिए ।
संस्थाले अव प्रत्येक वर्षको स्थापना दिवसको अवसरमा अपाङ्गताको पक्षमा कमल चलाउने एक पत्रकारलाई सम्मान गर्ने अध्यक्ष सुवेदीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।