नारायणी नदीले नारायणगढ र देवघाटमा चेतावनीको तह नाघ्यो

Devghat Online

शेयर गरौ

देवघाट, असार २२

नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनी तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले चेतावनी तह नाघेको रेकर्ड गरेका हुन् । चेतावनी तह भनेको आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था हो । नारायणी पुलमा जलसतह ११.२६ मिटर पुगेको छ भने देवघाटमा जलसतह ८.५१ मिटर पुगेको छ ।

नारायणी पुलमा ११ मिटर र देवघाटमा ७.३ मिटर जलसतहलाई चेतावनी तह मानिन्छ । देशभर लगातार वर्षा भइरहेकाले जलसतह अझै बढ्ने सम्भावना छ । नारायणीले चेतावनीको तह नाघेसँगै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेतना अपनाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र नवलपुरले सूचना जारी गर्दै सचेत रहन नागरिकलाई आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले