लागू औषध सहित दुई ब्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार २२

तनहुँमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१४ का २४ बर्षिय रोमन मगर र सर्लाही इश्वरपुर नगरपालिका–२ बस्ने बर्ष २६ को बिशाल बिसुन्खे रहेका छन् ।

विहिबार साँझ म्याग्दे गाउँपालिका–२ जामुने स्थित पृथ्वी राजमार्ग सडक खण्डमा चेकिङमा खटिएका प्रहरीले दमौलीदेखी पोखरा तर्फ जादै गरेको बा ५९ प ८०२९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार रोमन मगरले शरिरमा लुकाई राखेको लागु औषध ट्रामाडोल लेखेको २१० क्याप्सुल फेला परेको हुँदा उक्त लागु औषध बरामद गरी मगर र बिसुन्खेलाई पक्राउ गरि शुक्रबार तनहुँ जिल्ला अदालतमा पेश गरि म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जुवा खेल्दै गरेका पाँच जना महिला पक्राउ

यसैगरि व्यास नपा–१२ छिर्कनमा जुवा (तास) खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । शुक्रबार साँझ ब्यास नपा–१२ छिर्कन स्थित घरमा अबैध रुपमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ५२ पत्ती तास र नगद ३ हजार ३ सय २० रुपैयाँ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार तल्लो छिर्कनमा एकै घरका सासु, बुहारी अमाजु सहित भएर रमाईलोको लागि तास खेलिरहेको अवस्थामा प्रहरी गई उनीहरुलाई पक्राउ गरि ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।