भानु जयन्तीको अवसरमा कविता र रामायण वाचन प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, असार २४

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा असार २८ गते चुँदी रम्घामा खुला कविता प्रतियोगिता, विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र रामायण बाचन प्रतियोगिता हुने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा हुने सो प्रतियोगितामा सहभागी हुनको लागि असार २६ गतेसम्म कार्यालय वा इमेल मार्फत नाम दर्ता गर्न सकिने समितिले जनाएको छ । कार्यक्रममा भने स्वयं आफै उपस्थित भई आफ्नो रचना वाचन गर्नुपर्ने हुन्छ ।
खुला कविता प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्वित्तिय पुरस्कारः ७ हजार, तृतिय पुरस्कार हजार र सान्त्वना पुरस्कार दुई जनालाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार र प्रमााणपत्र दिईने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताउनुभयो ।

यसैगरि विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र खुला रामायण वाचन प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः जनही ५ हजार, ३ हजार, १ हजार र ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कार असार २९ गते आदिकवि भानुभक्त जयन्तीको दिन आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।

यसैगरि सोही अवसरमा साहित्य, संस्कृती, कला र सन्चारको क्षेत्रमा योगदान पु¥याउने एक एक जनालाई पनि सम्मान गरिने कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता