दमौली, असार २४
गन्डकी प्रदेशको गौरबको रुपमा रहेको तनहुँको दमौली र चितवनको घुमाउने जोड्ने बुद्धसिंह मार्ग पहिरोको कारण दुई दिनदेखी अबरुद्ध रहेको छ । गत शुक्रबार राती र शनिबार दिनभर परेको पानीले उक्त सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा उक्त सडकमा यातयात बिच्छेद भएको हो ।
पहिरोले ठुला ठुला ढुङ्गाहरु सडकमा खसेपछि पुर्णरुपमा यातायात अवरुद्ध भएको छ । ठुलो पानी परेर खहरे खोलाहरु उर्लिदा केही घन्टा यातयात अबरुद्ध हुने उक्त सडकमा यसपटकको पहिरोले पुर्णरुपमा यातयात अबरुद्ध भएको बन्दिपुर–६ स्थित सेतीगंगा आधारभुत विद्यालयका प्रअ सिद्धान्त गर्जा मगरले बताए । स्थानीय बासिन्दाको प्रयासले उक्त पहिरो हटाउन सम्भव नहुने हुँदा ठुला मेसिनहरुको प्रयोग गर्नु पर्ने थापाले बताए ।
साथै ठाउँ ठाउँमा विद्युतका पोलहरु ढलेर सडक अवरुद्ध हुँदा जोखिम बढेको थापाले बताए । विद्युतका पोलहरु ढलेपछि उक्त क्षेत्रमा विद्युत पुर्णरुपमा बन्द भएको थापाले बताए ।
सडकमा झरेका पहिरो र विजुलीका तार छिचोलेर कुनै पनि सवारी साधन सदरमुकाम दमौली र घुमाउने तर्फ जान सक्दैनन् । यातयात अबरुद्ध हुँदा बिरामी, बालबालिका र जेष्ठ नागरिकहरु मर्कामा पर्ने देवघाट–३ घर भएका नेकपा एमाले देवघाट गाउँ कमिटिका उपसचिव हर्कबहादुर थापाले बताए ।
उक्त सडक हुँदै बन्दिपुर, देवघाट र आवुँखैरेनी गाउँपालिका केही वडाका हजारौं नागरिकहरु दैनिक आवत जावत गर्ने गर्छन् । पहिरोको कारण उनीहरुको यातयात सम्बन्ध पुर्णरुपमा विच्छेद भएको छ । यातयात अबरुद्ध हुँदा त्यस क्षेत्रको जनजिवन कष्टकर भएको थापाले बताए ।
गन्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको बैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ ।
गन्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखी व्यास नपा–१३ को सोँढेसम्म १० कि.मि. कालोपत्रेको काम गरिरहेको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारयणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधिन अवस्थामा अलपत्र छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ ।
पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सन्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारयणगढ जानुभन्दा करिब २६ किलोमिटर छोटो पर्छ । प्रदेश सरकारले अहिले उक्त सडकको १० किमि सडक कालोपत्रे गरिरहेको हुँदा त्यही १० कि.मि. भित्र हुने अवरोध हटाउने जिम्मेबारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भुमिका नहुने कार्यालयको भनाई छ ।
पहिरोले अवरोध भएको उक्त सडक सुचारु गर्ने विषयमा सोमबार प्रमुख जिलल अधिकारी र पुर्वाधार विकास कार्यालयका प्रमुखसँग छलफल गरिएको गर्जामगरले बताए । उनले सोमबार साँझसम्म उक्त सडकको अवरोध खुलाउने आश्वासन पाएको भन्दै सडकको अवरोध नखोलिए थप दवाव दिइने बताए ।