बालिका बलात्कार गर्नेहरु पक्राउ

Devghat Online

शेयर गरौ

भिमाद, असार ३१

भिमाद नपा–५ की १४ बर्षिया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नगरपालिका वडा नम्बर ५ का २६ बर्षिय सुबिन्द्र कामी र सोही ठाउँका ४३ बर्षिय चित्र बहादुर कामीलाई आइतबार पक्राउ गरेको छ ।

उनीहरुले उक्त बालिकालाई गत असार १५ गते बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । उनीहरुलाई प्रहरीले आईतबार म्याग्दे गाउँपालिका वडा नम्बर ४ धहेरेमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धानकोलागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तैगरि १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भिमाद नपा–८ राङरुङका ३० बर्षिय बिरेन्द्र परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । परियारले ती बालिकालाई गत जेठ २५ गते मंगलबार सोही नगरपालिका–८ अर्चलेस्थित मकै बारीमा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले आइतबार इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भीमादबाट खटिएको प्रहरीले उनलाई बाग्टारबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी