बिदेश पठाईदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन २

बिदेश पठाइदिन्छु भनी ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१२ कमलबारी बस्ने ३८ बर्षिया मनुमाया थापा रहेकी छिन् ।

भिमाद नगरपालिका–५ घर भई हाल कास्की पोखरा महानगरपालिका–१ बगर बस्ने ३८ बर्षिया रुपासरा रानाले सामाजिक सन्जाल फेसबुक मार्फत सम्पर्क गरी बैदेशिक रोजगारको लागी जापानमा फेमिली भिषा लगाई पठाईदिन्छु भनी विश्वास दिलाई मनुमाया थापाको नामको विभिन्न बैकहरुको खातामा पैसा जम्मा गर्न लगाएकी थिइन् ।

उक्त जम्मा गरेको नगद ७९ लाख ९७ हजार ९९९ रुपैयाँ बैकबाट निकाली सकेको अवस्थामा खातावाला व्यास नगरपालिका–१२ कमलबारी बस्ने ३८ बर्षिया मनुमाया थापालाई साउन १ गते मंगलबार पक्राउ गरि उनको साथबाट ४ लाख ८० हजार रुपैयाँ र विभिन्न ७ वटा बैंकहरुको चेक बुकहरु बरामद गरी ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती