म्याग्दे गाउँपालिकाद्वारा दुधमा अनुदान स्वरुप २८ लाख ८८ हजार कृषकलाई वितरण

Devghat Online

शेयर गरौ

दमौली, साउन २

तनहुँको म्याग्दे गाउँपालिकाले दुधमा अनुदान स्वरुप २८ लाख ८८ हजार कृषकलाई वितरण गरेको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने गाउँपालिकाको नीति अनुसार प्रति लिटर १० रुपैयाँको दरले २ लाख ८८ हजार ८२० लिटरको हुन आउने २८ लाख ८८ हजार २०८ रुपैयाँ कृषकलाई अनुदान स्वरुप वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा तिन वटा सहकारी संस्था मार्फत दुग्ध उत्पादक कृषकलाई उक्त रकम अनुदान स्वरुप वितरण गरिएको गाउँपालिकाका पशुसेवा उपशाखाका प्रमुख डा. विनय शाहले जानकारी दिए ।

तीन वटा सहकारी संस्थामार्फत् दुई लाख ८८ हजार आठ सय २० लिटर दूध बिक्री भएको शाहले जानकारी दिए । म्याग्दे गाउँपालिका–४ स्थित म्यादे दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३७ हजार नौ सय ४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार एक सय ६४ लिटर दूध संकलन भएको छ ।

त्यसमध्ये म्याग्दे दुग्ध सहकारीलाई मार्फत २३ लाख ७९ हजार चार सय ७७ रुपैयाँ गौ सेवा दुग्ध सहकारीलाई तीन लाख ४७ हजार ११ रुपैयाँ र साँगे चारहजार दुग्ध सहकारीलाई एक लाख ६१ हजार छ सय ४० रुपैयाँ अनुदान उपलब्ध गराइएको शाहले बताए । गाउँपालिकाले गत जेठ २० गते तीन वटा सहकारीलाई बिक्री भएको दूधको अभिलेख, भुक्तानी बिलको प्रमाणित प्रतिलिपिसहित उक्त किसानले बिक्री वितरण गरेको एकमुष्ट विवरण माग गरेको थियो ।

म्याग्दे गाउँपालिका भित्र बसोबास गरि दुध उत्पादन गरि दुग्ध उत्पादक सहकारी मार्फत विक्री भएको प्रमाणित दुधको अभिलेखको आधारमा उक्त अनुदान रकम उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए । पशु सेवा उपशाखा मार्फत सन्चालन भएको उक्त अनुदान कार्यक्रमको लागि सुरुमा २० लाख विनियोजन गरिएकोमा उक्त रकम अपुग हुनेभएपछि थप १० लाख १० हजार विनियोजन गरिएको थियो । जसमध्ये २८ लाख ८८ हजार २०८ रुपैयाँ कृषकलाई बैकिङ प्रणाली मार्फत उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

म्याग्देले आर्थिक वर्ष ०७९÷८० बाट दुधको उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत दुग्ध उत्पादक सहकारी संस्था मार्फत विक्री भएको दुधमा प्रतिलिटर १० रुपैयाँ दिने नीति ल्याएको थियो । उक्त नीति अनुसार आर्थिक वर्ष ०७९÷८० मा गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान वितरण गरेको थियो ।

दुधमा अनुदान कार्यक्रम प्रभावकारी भएको र अनुदान पाएपछि दुध उत्पादन गर्ने कृषकहरुको संख्यामा बृद्धि हुनुका साथै दुधको उत्पादनमा बृद्धि भई गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन सकिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले उक्त कार्यक्रम चालु आर्थिक वर्षमा पनि निरन्तर रहेको भन्दै यस कार्यक्रमबाट धेरै भन्दा धेरै लाभ लिन कृषकहरुलाई अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न