जलविरे नजिक माइक्रो दुर्घटना हुँदा तीन यात्रु घाइते, एकको अवस्था गम्भिर

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

चितवन, साउन ७ ।

आज बिहान ४ बजेको समयमा कावासोतीबाट काठमाडौँ जाँदै गरेको १७ जना सवार ग १ ख ९१५५ नम्बरको माईक्रो नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरे नजिक  पुग्दा आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किदा तीन यात्रु घाइते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ।

घाइते हुनेहरुमा माईक्रोमा सवार कावासोती नगरपालिका–५ बस्ने वर्ष ६० की सन्तुमाया कुमाल, माईक्रो सहचालक कावासोती–८ बस्ने वर्ष ३६ को धनश्याम न्यौपाने र यात्रु उदयपुर गाईघाट नगरपालिका–१५ बस्ने १९ वर्षीय जेनिस बस्नेत रहेका छन् । न्यौपानेको अवस्था गम्भिर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको  र माईक्रो चालक माडी नगरपालिका–१ बस्ने वर्ष ३३ को नन्दलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण