गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रमद्वारा गुरुनिर्वाण महोत्सव आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, साउन ६

गुरुपुर्णिमाको अवसरमा देवघाटमा रहेको महेश सन्यास आश्रमले ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सव आयोजना गरेको छ । उक्त गुरुनिर्वाण महोत्सव साउन ७ गते सम्म मनाइने आश्रमले जनाएको छ ।

कार्यक्रम अन्तर्गत पहिलो दिन रुद्राभिषेक, गीतापाठ, व्यासपूजा, गुरुपूजन, आचार्य आराधना, गुरुतत्त्व विमर्श गरिएको छ भने दोस्रो दिन विद्येश्वर आराधना, गुरुनाम संकीर्तन, प्रज्ञाभवन समुद्घाटन, गुरुस्मृति सभा, पुस्तक विमोचन र समष्टि भण्डारा आयोजना गरिने गुरुकुलका प्राचार्य फणीन्द्र पौडेलले जानकारी दिए ।

उक्त गुरुस्मृति सभामा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेको तथा अन्य विशिष्ट सन्तमहन्तहरू, प्राध्यापकहरू तथा विभिन्न विद्वान्हरूको समुपस्थितिमा श्री १००८ स्वामी पीठाधीश रमणानन्द गिरि तथा आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसूदनानन्द गिरिको पावन सान्निध्य रहने पनि प्रधानाचार्य पौडेलले जनाए ।

वि.सं २००३ सालमा धादिङ्गको केवलपुरमा जन्मिएका डा. स्वामी रामानन्द गिरि तीनधारा संस्कृत पाठशालाबाट प्रारम्भिक अध्ययन सुरु गरेर वाराणसीमा वेदान्त दर्शन अध्ययन गरी त्रिभुवन विश्वविद्यालयबाट जनक दर्शनमा विद्यावारिधि प्राप्त हुन् । वाराणसीमा अध्यापन गराइरहेका गिरि नेपाल फर्किएर तीनधारा पाठशालमामा केही समय अध्यापन गराएपछि सरकारी जागिर छोडेर राष्ट्रसेवा गर्ने उद्देश्यले देवघाटमा वि.सं २०५० सालमा महेश संन्यास आश्रम, महेश संस्कृत गुरुकुलको स्थापना गरेका थिए । उनी अम्बरेश्वर संन्यास आश्रम, पुरन्चौर, कास्कीका संस्थापक हुन् । जसको फलस्वरूप आज नेपालभरी गुरुकुलशिक्षाले गति लिएको देख्न सकिन्छ ।

डा.गिरिका जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ), माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या), रामगीता (नेपाली अनुवाद तथा व्याख्या), वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या), श्रीमद्भागवतमहापुराण (१–८ खण्डमा) (नेपाली अनुवाद–रामानन्दी टीका), देवीगीता (नेपाली अनुवाद तथा व्याख्या), दुर्गासप्तशती (नेपाली अनुवाद एवम् व्याख्या), दक्षिणामूर्तिस्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या), श्री शिवमहिम्नः स्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या) र ईशादि दश उपनिषद् (नेपाली अनुवाद एवम् व्याख्या) प्रकाशित छन् ।

महेश संस्कृत गुरुकुलमा वैदिककालीन गुरुकुल अनुरूप पाठशाला, धर्मशाला, गौशाला, यज्ञशाला र पाकशाला सञ्चालनमा रहेका छन् । धर्म, संस्कार, संस्कृति तथा संस्कृत शिक्षाको उन्नयनमा गुरुकुलले उल्लेख्य भूमिका खेलेको देख्न सकिन्छ ।
रामानन्द गिरिले वि.सं २०७४ असार २४ गते गुरुपूर्णिमाका दिन पाञ्चभौतिक शरीर त्याग गरी शिवसायुज्य प्राप्त गरेका थिए ।

त्यसैले हरेक गुरुपूर्णिमाको अवसरमा नै गिरिको निर्वाण महोत्सव मनाउँदै आएको आश्रमका व्यवस्थापक सन्तोष गिरीले बताए ।
वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको जन्म दिन पनि भएको हुँदा गुरु पुर्मिमालाई व्यास जयन्तीको रुपमा पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान