संघीय मन्त्रीहरुसँग म्याग्देको टोलीको भेट, आवश्यक बजेट उपलब्ध गराउन माग

Devghat Online

शेयर गरौ

दमौली, साउन ९

म्याग्दे गाउँपालिकाको टोलीले संघीय सरकारका मन्त्रीहरुसँग भेट गरि म्याग्दे गाउँपालिकाको विभिन्न विकास योजनाको लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वको टोलीले मंगलबार सरकारका मन्त्रीहरुलाई भेट गरि म्याग्दे गाउँपालिकाको विभिन्न योजनाहरुमा आवश्यक बजेट उपलब्ध गराउन माग गरेका हुन् ।

म्याग्दे गाउँपालिकाको टोलीले सुचना तथा सन्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतीक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराई सँग पनि भेट गरि म्याग्दे गाउँपालिकाको विकास निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापनको लागि पनि अनुरोध गरेका थिए ।

सो क्रममा वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्ले, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी, वडा नम्बर ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ तथा वडा सदस्य सुनिता नेपालीको पनि सहभागिता रहेको थियो ।

सो क्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा सत्तापक्षका मुख्य सचेतक भगवती न्यौपाने, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिव खिम कुमाल लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण