सेन्ट्रल कलेजले बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने

Devghat Online

शेयर गरौ

चितवन , १० श्रावण ।
उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर बिभिन्न शैक्षिक कार्याक्रम सञ्चालन गर्न लागेको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेजको (विएचएम, बिआइएम) कार्यक्रम र दियालो कलेजको (बिबिएस) कार्यक्रम अब भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्ने गरी सम्झौता भएको छ । कलेजले यही शैक्षिक सत्रबाट बिएचएम, बिआइएम र बिबिएस बिषयमा अध्यापन गराउने कलेजका कार्यक्रम संयोजक यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।
‘बिश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गर्दैछौं, पौडेलले भन्नुभयो, नेपालमै बिदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ ।’ उहाँले नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत खुलेको जानकारी दिनुभयो । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं,उहाँले भन्नुभयो,पार्टटाइम जब र अन्तिम बर्ष बिदेशमा इन्ट्रनसिपमा जानका लागि सपोर्ट गर्छाै ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई बिश्वभर लैजाने जनाएको छ ।
कलेजको अफ्नै बस सुबिधा छ भने होस्टलको समेत व्यवस्था गरेको छ ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण