मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम बिजयी

Devghat Online

शेयर गरौ

डुम्रे, साउन १२

१७ औं भानुकप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित मैत्रीपुर्ण प्रतियोगितामा पत्रकार टिम बिजयी भएको छ । शनिबार भानु–१ भन्सारमा आयोजित भन्सार कप आयोजक र पत्रकार टिम विच भएको मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम बिजयी भएको हो ।

उक्त प्रतियोगितामा पत्रकार टिम ४–३ गोलले बिजयी भएको हो । पत्रकारको तर्फबाट सुदीप पौडेल र मनोज कुमार श्रेष्ठले २÷२ गोल गरेका थिए भने आयोजकको तर्फबाट प्रेम तामाङले २ र एलोन तामाङले १ गोल गरेको कार्यक्रम संयोजक विष्णु अधिकारीले बताए । मैत्रीपूर्ण खेलमा आयोजकको तर्फबाट भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी समेत खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले