जेष्ठ नागरिक मिलन केन्द्रद्वारा बृद्धबृद्धालाई खिर खुवाईयो

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

साउन १५ गते खिर खाने दिनको अवसरमा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र तनहुँले जेष्ठ नागरिहरुलाई खिर खुवाएको छ । जेष्ठ नागरिकहरु विच आत्मिय सम्बन्ध स्थापित गर्ने उद्देश्यले खिर खाने कार्यक्रम आयोजना गरिएको जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष शालिकराम गिरीले जानकारी दिए ।

सो कार्यक्रममा बोल्दै व्यास नगरपालिकाकी कार्यवहाक प्रमुख इन्दिरा दरैले जेष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षाकोलागि नगरपालिका सदैब प्रतिबद्ध रहेको बताइन् ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वृद्धवृद्धाको सम्मान सवैको दायित्व भएको बताए । सबैजना भोली बृद्धबृद्धा हुनुपर्ने हुदाँ कसैले पनि कसैलाई अभद्र व्यवहार गर्न नहुने प्रजिअ गौतमको भनाई थियो । विभिन्न कालखण्डमा विभिन्न ओहदामा रहेर समाज र राज्यलाई योगदान गरेको हुदाँ राज्य र सवैले जेष्ठ नागरिकको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै प्रजिअ गौतमले प्रशासन कार्यलयमा सरकारले नै निर्दिष्ट गरेको राष्ट्रिय परिचयपत्र अनिवार्य वनाउनुपर्ने अवश्थामा वृद्धवृद्धाले पाएको दुख कष्टलाई मनन गरेर प्रशासनले उचित भुमिका वहन गरेको बताए ।

जेष्ठ नागरिक मिलन केन्द्र तनहुँका अध्यक्ष शालिकराम गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास अन्नक्षेत्रका प्रमुख संरक्षक शान्ति स्वरूपानन्द दामोदर बाबा, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी, केन्द्रक संस्थापक अध्यक्ष देवनिधि पन्त, परासर सत्संग भजन किर्तन समितिका अध्यक्ष इन्द्र प्रसाद वाग्ले, सिद्धाश्रम शक्ति केन्द्रका अध्यक्ष प्रियनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा करिब २ सय जना वृद्धावृद्धाहरूलाई खिर खुवाइएको सचिव गोविन्द गिरीले जानकारी दिए । उक्त कार्यक्रममा कोषाध्यक्ष हरिश्चन्द्र वाग्लेले आर्थिक वर्ष २०८०÷०८१ को आयव्यय विवरण समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण