भिमाद नगरपालिकाको स्विकृत बार्षिक नीति कार्यक्रम र बजेट सार्वजानिक

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

भिमाद नगरपालिकाको आगामी आर्थिक वर्षको स्विकृत बार्षिक नीति कार्यक्रम र बजेट (वार्षिक नगर विकास आयोजना) सार्वजानिक गरिएको छ ।

मंगलबार नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा गन्डकी प्रदेश सभाका सांसद जितप्रकाश आलेको प्रमुख आतिथ्यतामा नगरपालिकाको १७ औं नगरसभाबाट पारित भएको उक्त नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजानिक गरिएको हो ।

सो अवसरमा बोल्दै प्रदेश सभाका सांसद आलेले तिन तहको सरकार विच समन्वय गरेर काम गर्नुपर्नेमा बताए । उनले भिमाद नगरपालिकाको विकासकोलागि आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने बताए ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी लगायतले मन्तव्य राखेका थिए ।

भिमाद नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षको लागि ५९ करोड २२ लाख १४ हजार रुपैयाँको अनुमानित बजेट स्विकृत गरेको छ । सोमबार भएको नगरसभामा नगर उपप्रमुख शारदा खनालले सो बजेट प्रस्तुत गरेकी थिईन् । उक्त बजेट मध्ये चालु तर्फ ६९.५९ प्रतिशत र पुँजिगत तर्फ ३०.४१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण