भरतपुर निर्माणमा रेनु दाहाल विषयक वक्तृत्वकला प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

चितवन, साउन १६

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेका निर्माणका काममा बारेमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । कपुरबोट मिडियाको आयोजनामा खुल्ला डिजिटल माध्यमको रुपमा प्रतियोगिता गर्न लागिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलनमा कपुरबोट मिडियाका अध्यक्ष सन्तोष देउजाले जानकारी दिए ।

खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् । कपुरबोट मिडिया प्रालिका अध्यक्ष देउजाका अनुसार प्रथम पुरस्कार नगद १ लाख, द्वितिय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार र सान्तवना पुरस्कार १० हजार रुपैयाँ प्रदान गरिनेछ । भाद्र १५ गतेसम्म भिडियो पठाईसक्नुपर्नेछ ।

यो प्रतिस्पर्धामा सहभागी हुनका लागि भिडियो कम्तीमा ३ देखि बढिमा ७ मिनेटसम्मको हुनुपर्नेछ । उक्त प्रतियोगिताको निर्णायकमा चिकित्सक डा.भोजराज अधिकारी, पर्यटनविज्ञ डा.विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र पत्रकार प्रकाशमणि ज्ञवाली रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका