डेंगुबाट तनहुँका एक पुरुषको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, साउन २२

डेंगु संक्रमणबाट तनहुँका एक पुरुषको मृत्यु भएको छ । व्यास नपा–७ का ५० बर्षिय पुरुषको डेंगुबाट मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले बताए ।

सोमबारसम्म तनहुँमा ११० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै आबुँखैरेनीमा डेंगु संक्रमित देखिएका छन् । व्यासमा पनि संक्रमित बढ्दैछन् । गत वर्ष तनहुँमा डेंगुको कारण ५ जनाको मृत्यु भएको थियो ।
जिल्लामा डेंगु संक्रमण बढ्न थालेपछि स्थानीय तहहरुले सचेतनाको कार्यक्रम गर्न थालेका छन् ।

डेंगु ज्वरो लाग्न नदिन पुर्व तयारी, रोकथाम, लामखुट्टे नियन्त्रणमा प्रभावकारी कार्य समयमै सन्चालन गरि नागरिकको स्वास्थ्य सुरक्षाको लागि प्राथमिकतामा राखी यस रोगको रोकथाम, नियन्त्रण र न्युनिकरणकालागि सरोकारवाला सबैसँग समन्वय गरि जनस्तरसम्म सचेतनाका विभिन्न कार्यक्रम सन्चालन गर्नु पर्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताए ।
डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान र फुलपार्ने ठाउँ खोजी गरि लार्भा ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिएको सोतीले बताए । सबै वडा कार्यालय, संघसस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरेको उनको भनाई छ ।

अभियानमा आ आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नविन, खाडल पुर्ने, टिनका डव्वा, थोत्रा टायर, गमला, फलदानी वाल्टीमा पानी जम्न नदिने, विहान र साँझपख यो रोगका लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घर बाहिर ननिस्कने र यदि निस्कनै परेमा पुरै शरिर छोपिने किसिमका लुगा लगाउने बारेमा पनि सचेत गराईएको सोतीले बताए ।

घरका झ्याल ढोकामा जाली लगाउने तथा सुत्दा झुलको प्रयोग गर्ने, हाँस, सुँगुर–बंगुर पालन फर्म वरपर सँधै सरसफाई गर्ने, जमेको पानीमा लामखुट्टेले फुल पारेर बृद्धि विकास गर्ने हुँदा त्यस्ता सम्भावित स्थानहरुमा सरोकारवालाहरुको सहयोगमा खोज र नष्ट गर अभियान सन्चालन गर्ने तथा एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, गलेको महशुस हुने, आँखाको भित्री भाग दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, शरिरमा विविरा जस्ता लक्षण जस्ता स्वास्थ्यमा समस्या देखिएमा आफुखुसी औषधी सेवन नगरि तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको थियो । गत वर्ष तनहुँमा डेंगु सङ्क्रमितको सख्या करिब आठ हजार पुगेको थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करवावु अधिकारीले गत वर्षको गर्मी महिनाको सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्व तयारी थाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय