संविधान संशोधनको विषयमा अनर्गल प्रचार नगर्न सांसद न्यौपानेको आग्रह

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २२

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले संविधान संशोधन संविधानमै व्यवस्था भएकाले यस विषयमा अनर्गल प्रचार नगर्न आग्रह गरेकी छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले संविधान संशोधन संविधानमै व्यवस्था भएको हुँदा यसको बारेमा अनावश्यक र अनर्गल प्रचार गर्न नहुने बताइन् ।

संविधान जारी भएको झन्डै १० वर्षमा यसलाई समृद्ध बनाउन विभिन्न पक्षबाट माग भई आएको सन्दर्भमा देश र जनताको हितमा रहेर संविधान संशोधन गरी प्राप्त उपलब्धिको संस्थागत विकास र जचाहना अनुरुप अगाडि बढ्नुपर्ने सांसद न्यौपानेले बताइन् ।

सांसद न्यौपानेले संविधान अनुरुप राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग र जातको हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न र कमजोरी रहेका विषयलाई संशोधन गरेर यसलाई सकारात्मक रुपमा अगाडि बढाउन सकिने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले