तनहुँको किहुँमा जन्मिएका सिग्देल नेपाली सेनाको प्रधान सेनापति नियुक्त

Devghat Online

शेयर गरौ

दमौली, भदौ १२

नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

कायममुकायम प्रधान सेनापति कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेदेखि लागु हुने गरी नियुक्त गरेका हुन् । साउन २४ गते प्रधान सेनापती प्रभुराम शर्मा बिदामा गएका थिए । उनले कायममुकायम प्रधान सेनापति सिग्देललाई कार्यभार बुझबुझारथ गरी बिदामा बसेका थिए ।

सिग्देल २०७६ असोजमा उपरथी भएका थिए । सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृतका रूपमा सिग्देलको पहिचान छ । सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन् । उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए । हाइयर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए ।

तनहुँको साविक किहुँ गाविसमा जन्मिएका सिग्देलको स्थायी घर रुपन्देहीको सिद्धार्थ नगरपालिकाको भैरहवा हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय