तनहुँमा ६ वटा गाडी ठोक्किँदा ४ जना घाइते

Devghat Online

शेयर गरौ

दमौली, भदौ १२

तनहुँको पृथ्वीरामार्ज स्थित बन्दिपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् ।

रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा यात्रुबाहक बसको ब्रेक फेल भएपछि सो घटना हुन पुगेको प्रहरीले जनाएको छ । दमौलीतर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग३ख १३९० नम्बरको ट्रकमा ठोक्कियो ।

ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नम्बरको बलेरोलाई ठक्कर दियो भने उक्त बलेरो गाडी फेरि सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बसमा ठोक्किन पुग्यो ।

यस्तै उक्त बसले फेरि ना १ च ८४३४ नम्बरको अर्काे बलेरो तथा उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दर्घटनामा ग ३ च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, वलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कडेल र ना १ च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन् । घाइते सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना