म्याग्देमा आयोजित तीज गीत प्रतियोगिताको उपाधि गणेश महिला आमा समुहलाई

Devghat Online

शेयर गरौ

दमौली, भदौ १३

म्याग्दे गाँउपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिताको उपाधी गणेश महिला समुहले जितेको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर गाउँपालिकाले ‘म्याग्देको उद्येश्य, वालमैत्री घोषणा’ भन्ने शिर्षकमा तीज गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

२९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा भीमसेन टोल आमा समुह दोश्रो भएको छ भनो संगम आमा समुहले तेश्रो स्थान र एकता मगर समाजले सान्त्वना पुरस्कार हात पारेको छ । प्रतियोगितामा प्रथम हुनेले १८ हजार, द्वित्तिय हुनेले १५ हजार र तृतिय हुनेले १२ हजार र सान्त्वना हुनेले ७ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गाउँपालिकाले वालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको र आम दिदी वहिनीमार्फत चेतना जगाउन वालमैत्री तीज गित कार्यक्रम गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।