विभिन्न कार्यक्रम सहित तनहुँमा संविधान दिवस मनाईने

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३१

संविधान दिवस एवं राष्ट्रिय दिवस तनहुँमा तिन दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइने छ । आगामी असोज २,३ र ४ गते विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइने भएको हो ।

संविधान दिवस मनाउन तनहुँमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । उक्त मुल समारोह समितिमा जिल्ला अदालतका न्यायधीशहरु, जिल्ला स्थित स्थानीय तहका प्रमुखहरु तथा उपप्रमुखहरु, जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यहरु, प्रमुख जिल्ला अधिकारी एवं सम्पुर्ण सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा व्यास नगरका प्रमुखहरु, जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला स्थित सम्पुर्ण सन्चारकमीहरु, कानुन व्यवसायीहरु, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, विभिन्न युवा क्लव, सामाजिक संघ संस्था, रेडक्रस, खेलकुँद विकास समिति, गैर सरकारी संघ संस्थाका प्रमुखहरु, टोल विकास सस्थाका अध्यक्ष, सम्पुर्ण कलेका प्रमुखहरु, निर्माण व्यवसायी संघका प्रमुख, होटल व्यवसायी संघका प्रमुखहरु, जिल्ला स्थित विभिन्न आयोजनाका प्रमुखहरु, व्यास नगरपालिका भित्रका धार्मिक संघ संस्था, लायन्स, जेसिज, रोटरी, रोट्रयाक्ट क्लवका प्रमुखहरु लगायत सदस्य रहेका छन् ।

उक्त मुल समारोह समितिको आयोजनामा असोज २, ३ र ४ गते जिल्ला स्थित सबै सरकारी तथा गैरसरकारी कार्यालय, प्रतिष्ठान, सुरक्षा निकायको कार्यालय, स्थानीय तह लगायतका कार्यालयमा सरकारी झण्डा सजाउने तथा साँझ दिपावली गर्ने कार्यक्रम रहेको छ ।

यसैगरि असोज २ गते व्यास नगरपालिकाको संयोजनमा बजार क्षेत्रमा सरसफाई गर्ने, त्यस्तै सोही दिन स्वास्थ्य कार्यालय, दमौली अस्पताल, नेपाल रेडक्रस, कर्मचारी मिलन केन्द्र तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आयोजनामा दमौली अस्पतालमा रक्तदान कार्यक्रम गर्ने र सोही दिन दिउँसो व्यास नगरपालिका र जिल्ला शिक्षा तथा समन्वय इकाईको संयोजनमा संविधानको महत्व विषयमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

यसैगरि संविधान तथा दिवस तथा राष्ट्रिय दिवसको दिन विहान ७.३० बजे दमौली बजारमा सबै पक्षको सहभागितामा प्रभातफेरी, झण्डोत्तोलन तथा शहिद प्रति माल्यार्पण कार्यक्रमको आयोजना गरिने भएको छ । त्यस्तै दमौली अस्पतालका विरामीलाई फलफुल कार्यक्रम वितरण पनि गरिने भएको छ ।

त्यसैगरि असोज ३ गते दिउँसो २ बजे जिल्ला समन्वय समितिको समिक्षा हलमा संविधानको बारेमा सरोकारवालाहरु विच बृहत परिसंवाद कार्यक्रम आयोजना गरिने भएको छ । असोज ४ गते डिभिजन वन कार्यालयको संयोजनमा आदिकवि भानुभक्त क्याम्पस परिसरमा यस अघि रोपिएका विरुवाहरुको गोडमेल तथा सम्भार गरिने कार्यक्रम रहेको छ ।

जिल्लाका सबै स्थानीय तहमा संविधान दिवसको कार्यक्रम आयोजना मुल समारोह समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र