म्याग्देमा एकिकृत घुम्ती शिविर सुरु

Devghat Online

शेयर गरौ

दमौली, असोज ७

म्याग्दे गाँउपालिकाको आयोजनामा एकिकृत घुम्ती शिविर सुरु भएको छ । आइतबार वडा नम्बर १ को बाख्रेबाट सुरु भएको उक्त घुम्ति शिविर कार्तिक ९ गते वडा नम्बर ७ मा समापन हुनेछ ।

शिविरमा नागरिकहरुको उल्लेख्य सहभागिता रहेको छ । टोलमा नै आएर गाउँपालिका तथा वडावाट विभिन्न सेवा प्राप्त भएपछि टोलबासीहरु खुसी भएको बाख्रे टोल विकास संस्थाका अध्यक्ष सोम वहादुर आलेले वताए । उक्त शिविर सोमबार मान्हौ वरच्याङ र गुणादीको वडा नं १ को कार्यलय भवन भएको थियो ।

गाउँपालिकाको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुरयाउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । पालिकाले जनताको आवश्यकता परिपुर्ति गर्नका लागि एकिकृत घुम्ति सेवा प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए । विगतमा पनि गरिएको एकिकृत घुम्ति शिविरवाट हजारौले सेवा लिएको हुदाँ जनमुखी काममा पालिका सधै क्रियाशिल रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन कयान्सर परिक्षण सेवा दिईनेछ भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, विभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक