सभापती लामिछानेलाई षड्यन्त्रपुर्वक फसाउन खोजिएको भन्दै रास्वपा आँबुखैरेनीको विरोध प्रर्दशन

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, असोज ७

पार्टीका सभापती रवि लामिछानेलाई सरकारले षड्यन्त्र पुर्वक फसाउन खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले सोमबार शान्तिपूर्ण विरोध प्रर्दशन आयोजना गरेको छ ।

केहीदिन यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बिरुद्ध सुनियोजित र षड्यन्त्रपुर्ण रुपमा सत्ताले फसाउने नियत र षड्यन्त्रकारी पक्राउ पुर्जीको जारी गरेको भन्दै त्यसको विरोधमा आँबुखैरेनी चोकमा प्ले कार्ड बोकेर सडक अबोरध नगरी रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव अनिल श्रेष्ठले सत्तारुढ पार्टीका आफ्नै सांसदहरु सहकारी प्रकरणमा मुछिने डरले जनताको ध्यान रबितिर मोडेको आरोप लगाए । उनले पार्टी उदाएको मात्र २ वर्ष मात्र भयो पार्टीले जनताको मन जितेको कारण पुराना दल मिली रास्वपालाई कसरी हुन्छ सक्ने उपाए खोजिरहेको तर त्यो चाहाना पुरा हुन नदिने बताए । श्रेष्ठले देशको अराजकता अव सहेर बस्न नसक्ने र आवश्यकता अनुसार जस्तोसुकै आन्दोलन गर्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण