म्याग्देमा सेवाग्राहीको घरमै पुगेर सेवा प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असोज ८

म्याग्दे गाँउपालिकाद्वारा आयोजित एकिकृत घुम्ती शिविरको क्रममा अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर सेवा दिईएको छ । गत आइतबार वडा नम्बर १ को बाख्रेबाट सुरु भएको उक्त घुम्ति शिविर कार्तिक ९ गते वडा नम्बर ७ मा सम्पन्न हुनेछ । शिविरको क्रममा वडा नम्बर १ का केही अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर सेवा दिईएको वडा नम्बर १ का वडा अध्यक्ष मणिभद्र वाग्लेले बताए ।

अपाङ्गता भएको कारण सेवा लिन घुम्ति शिविर स्थलसम्म आउन नसक्ने केही सेवाग्राहीको घरमै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र वडा अध्यक्ष वाग्लेले केही कर्मचारी लिएर गई उनीहरुलाई आवश्यक पर्ने सेवा दिएका थिए । घुम्ति शिविर स्थलसम्म आउन नसक्ने सेवाग्राहीलाई घरमै पुगेर सेवा दिईएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुुर्याउने उद्देश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । पालिकाले जनताको आवश्यकता परिपुर्ति गर्नका लागि एकिकृत घुम्ति सेवा प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए । विगतमा पनि गरिएको एकिकृत घुम्ति शिविरवाट हजारौले सेवा लिएको हुदाँ जनमुखी काममा पालिका सधै क्रियाशिल रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, विभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईनेछ ।

एकिकृत घुम्ती शिविर कार्तिक ९ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण