दमौली, असोज ८
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तनहुँले मुटु तथा क्यान्सर पीडितहरुलाई उपचारकोलागि आर्थिक सहयोग गरेको छ । जिफन्टको एकेबद्धता कोषको रकमबाट मुटु तथा क्यान्सर पीडित जिफन्टका सदस्यहरुलाई जनही २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग गरेको जिफन्ट तनहुँका अध्यक्ष भिमबहादुर गुरुङले बताए ।



भिमाद–६ निवासी क्यान्सर पीडित पबित्र सार्की, पक्षघात पीडित व्यास नपा–४ निवासी कृष्णबहादुर थापा, म्याग्दे गापा–७ निवासी मुटु रोग पीडित टिकाराम गुरूङलाई जनही २५ हजार रुपैयाँ उपलब्ध गराईएको अध्यक्ष गुरुङले बताए ।
उनीहरुलाई क्युपेक नेपालका केन्द्रीय उपमहासचिव सोम बहादुर आलेको विशेष उपस्थितीमा जिफन्ट जिल्ला अध्यक्ष गुरुङ लगायत अन्य सदस्यहरुले उक्त रकम हस्तान्तरण गरेका थिए ।
उक्त सहयोग रकम पबित्रा सार्की स्वयम तथा टीकाराम गुरुङको श्रीमति ज्ञानु गुरुङ र कृष्णबहादुर थापाका भतिज भक्त बहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।