मुटु, क्यान्सर पीडित तथा दिर्घरोगीलाई जिफन्ट तनहुँद्वारा आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

दमौली, असोज ८

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तनहुँले मुटु तथा क्यान्सर पीडितहरुलाई उपचारकोलागि आर्थिक सहयोग गरेको छ । जिफन्टको एकेबद्धता कोषको रकमबाट मुटु तथा क्यान्सर पीडित जिफन्टका सदस्यहरुलाई जनही २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग गरेको जिफन्ट तनहुँका अध्यक्ष भिमबहादुर गुरुङले बताए ।

भिमाद–६ निवासी क्यान्सर पीडित पबित्र सार्की, पक्षघात पीडित व्यास नपा–४ निवासी कृष्णबहादुर थापा, म्याग्दे गापा–७ निवासी मुटु रोग पीडित टिकाराम गुरूङलाई जनही २५ हजार रुपैयाँ उपलब्ध गराईएको अध्यक्ष गुरुङले बताए ।

उनीहरुलाई क्युपेक नेपालका केन्द्रीय उपमहासचिव सोम बहादुर आलेको विशेष उपस्थितीमा जिफन्ट जिल्ला अध्यक्ष गुरुङ लगायत अन्य सदस्यहरुले उक्त रकम हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग रकम पबित्रा सार्की स्वयम तथा टीकाराम गुरुङको श्रीमति ज्ञानु गुरुङ र कृष्णबहादुर थापाका भतिज भक्त बहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका