तनहुँ जलविद्युत आयोजनाद्वारा प्रभावितहरुलाई मौरीपालन र वित्तीय साक्षरता तालिम सञ्चालन

Devghat Online

शेयर गरौ

दमौली, असोज ८

तनहुँ जलविद्युत आयोजनाले आयोजना ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्गमा सञ्चालन गरेको चार दिने मौरीपालन र एक दिने वित्तीय साक्षरतासम्बन्धी तालिम सम्पन्न भएको छ ।

आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनस्र्थापना तथा आयआर्जन बृद्धिका लागि दिएको तालिममा आयोजनाको डुवान क्षेत्र भिमाद नगरपालिका–५ मा जग्गा पर्ने घरपरिवारका १६ जनाको सहभागिता थियो । असोज ३ गतेबाट ऋषिङ गाउँपालिका–८को वडा कार्यालयमा सञ्चालन गरिएको तालिम सोमबार समापन गरिएको छ ।

समापन समारोहमा ऋषिङ गाउँपालिका–८का वडाध्यक्ष भरत कुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमबाट सिकेको सीपलाई व्यवाहारिक रुपमा प्रयोग गरी पल्ट्याङ्गलाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्न वडाध्यक्ष श्रेष्ठले आग्रह गरे ।

तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले तालिमबाट हासिल भएका सीप र ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गरे । प्रबन्ध–सञ्चालक श्रेष्ठले आयोजना प्रभावितहरुको आयआर्जन बृद्धि गरी जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि प्रभावितहरुको आवश्कता बमोजिम विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिने बताए ।

तालिमबाट हासिल भएको ज्ञान र सीपले व्यवसायीक रुपमा मौरीपालन गर्न टेवा पुग्ने बताउँदै आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजनाहरु कार्यान्वयन भइरहेको उल्लेख गरे ।

तालिममा सहभागीहरुकातर्फबाट गीता थापा, तील बहादुर थापा र तेजबहादुर थापाले व्यवसायीक रुपमै मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम उपलब्ध गराएकाले सैद्धान्तिक भन्दापनि व्यवहारिक ज्ञान र सीप हासिल भएको बताए । उनीहरुले तालिमपछि व्यवसाहिक रुपमा मौरीपालन गर्न आत्मविश्वास बढेको उल्लेख गरे ।

तालिमलाई सहभागीहरुलाई मौरीसहितको घार र आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ । साथै, सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । आयोजनाले प्रभावितहरुलाई लक्षितगरी प्लम्विङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायतका १४ वटा तालिम सञ्चालन गरिसकेको छ । १३९ पुरुष र १५५ जना महिला गरी २९४ जनालाई विभिन्न तालिम दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा