तनहुँ जलविद्युत आयोजनाद्वारा प्रभावितहरुलाई मौरीपालन र वित्तीय साक्षरता तालिम सञ्चालन

Devghat Online

शेयर गरौ

दमौली, असोज ८

तनहुँ जलविद्युत आयोजनाले आयोजना ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्गमा सञ्चालन गरेको चार दिने मौरीपालन र एक दिने वित्तीय साक्षरतासम्बन्धी तालिम सम्पन्न भएको छ ।

आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनस्र्थापना तथा आयआर्जन बृद्धिका लागि दिएको तालिममा आयोजनाको डुवान क्षेत्र भिमाद नगरपालिका–५ मा जग्गा पर्ने घरपरिवारका १६ जनाको सहभागिता थियो । असोज ३ गतेबाट ऋषिङ गाउँपालिका–८को वडा कार्यालयमा सञ्चालन गरिएको तालिम सोमबार समापन गरिएको छ ।

समापन समारोहमा ऋषिङ गाउँपालिका–८का वडाध्यक्ष भरत कुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमबाट सिकेको सीपलाई व्यवाहारिक रुपमा प्रयोग गरी पल्ट्याङ्गलाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्न वडाध्यक्ष श्रेष्ठले आग्रह गरे ।

तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले तालिमबाट हासिल भएका सीप र ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गरे । प्रबन्ध–सञ्चालक श्रेष्ठले आयोजना प्रभावितहरुको आयआर्जन बृद्धि गरी जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि प्रभावितहरुको आवश्कता बमोजिम विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिने बताए ।

तालिमबाट हासिल भएको ज्ञान र सीपले व्यवसायीक रुपमा मौरीपालन गर्न टेवा पुग्ने बताउँदै आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजनाहरु कार्यान्वयन भइरहेको उल्लेख गरे ।

तालिममा सहभागीहरुकातर्फबाट गीता थापा, तील बहादुर थापा र तेजबहादुर थापाले व्यवसायीक रुपमै मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम उपलब्ध गराएकाले सैद्धान्तिक भन्दापनि व्यवहारिक ज्ञान र सीप हासिल भएको बताए । उनीहरुले तालिमपछि व्यवसाहिक रुपमा मौरीपालन गर्न आत्मविश्वास बढेको उल्लेख गरे ।

तालिमलाई सहभागीहरुलाई मौरीसहितको घार र आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ । साथै, सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । आयोजनाले प्रभावितहरुलाई लक्षितगरी प्लम्विङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायतका १४ वटा तालिम सञ्चालन गरिसकेको छ । १३९ पुरुष र १५५ जना महिला गरी २९४ जनालाई विभिन्न तालिम दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक