डुबानमा विद्यालय, प्रतिक्षालयमा पठन पाठन

Devghat Online

शेयर गरौ

देवघाट, असोज १५

गत असोज ११ गते शुक्रबार राती आएको बाढीले देवघाट गाउँपालिका–५ साँढेबगर स्थित महादेव आधारभुत विद्यालय डुबानमा परेर पठन पाठन अवरोध भएपछि नजिकैको प्रतिक्षालय राखेर विद्यार्थीहरुलाई पढाउन थालिएको छ ।

विद्यालय भित्र बाढी पसेर कुनै पनि कक्षा कोठामा तत्कालै पठन पाठन सुचारु गराउन नसकिने भएपछि विद्यार्थीलाई नजिकैको प्रतिक्षालयमा लगेर पढाउन थालिएको विद्यालयका प्रअ शिवहरी वाग्लेले बताए । विद्यालयमा कालिगन्डकी नदीको बाढी पस्दा ठुलो क्षती भएको छ ।

विद्यालयमा बाढी पसेपछि प्रशासनिक कक्षमा रहेको सम्पुर्ण आर्थिक र शैक्षिक अभिलेख नष्ट भएको विद्यालयका प्रअ शिवहरी वाग्लेले बताए । प्रअ वाग्लेका अनुसार विद्यालयका सबै कक्षा कोठाको भौतिक सम्पत्तीहरु प्नि क्षती भएका छन् । साउन्ड सिष्टम, कार्पेट, टेवल, कुर्सी, खाद्यान्न, पकाउने भाडा बर्तन, खेलकुँद सामाग्री लगायतका संरचनामा क्षती पुगेको छ । साथै गत आर्थिक वर्षको लेखा परिक्षणको लागि तयार पारिएको बिल भरपाई र भौचरहरु समेत सबै नष्ट भएको प्रअ वाग्लेले बताए ।

यस अघि गत असार २२ गते आएको बाढीले पनि उक्त विद्यालय डुबानमा परेको थियो । उक्त विद्यालयमा १४ जना विद्यार्थी अध्ययनरत छन् । नदी किनारमा विद्यालय हुँदा हरेक वर्षायाममा विद्यालय जोखिममा परेको हुँदा अलि सुरक्षित स्थानमा विद्यालय सार्नुको विकल्प नभएको प्रअ वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय