नेकपा एमाले चितवनको सचिवालय बैठकः केके भए निर्णय ?

Devghat Online

शेयर गरौ

चितवन, असोज १४

नेकपा एमाले चितवनको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालयमा सम्पन्न बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।

बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरुको उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यसैगरी बैठकले विपद्मा परेकाहरुको उद्दार, राहत र क्षतिपूर्तिमा विशेष ध्यान दिन तीन वटै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

जिल्लाभित्र भएको क्षतिको पार्टी तहबाट पनि अनुगमन गर्ने, तथ्यांक संकलन गर्ने, राहत र उद्दारमा जुट्न आफ्ना सबै जनवर्गीय संगठन र पार्टी पंक्तिलाई निर्देशन समेत गरेको छ ।

विगतदेखि पार्टीका तर्फबाट आयोजना गरिँदै आइएको बडा दशैं, शुभ दिपावली, छठ र नेपाल संवत लगायतका चाडपर्वका शुभकामना आदनप्रदान कार्यक्रम हाललाई स्थगित गरिएको छ । देश शोकमा परेको अवस्थामा कार्यकर्ता जुटि गरिने शुभकामना आदनप्रदान कार्यक्रमलाई समस्यामा परेका जनताको उद्दार र राहतमा परिणत गरी जनताको सेवामा खटिने निर्णय भएको पार्टी अध्यक्ष कमल राज पाठकले बताए । पार्टी कमिटीका सबै तह र जनवर्गीय संगठनका सबै तहका कमिटीले शुभकामना कार्यक्रम नराख्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी केन्द्रीय पार्टी कार्यालय निर्माण गर्नका लागि चितवनका पार्टी सदस्यहरुलाई कम्तिममा १०० रुपैयाँ अनिवार्य सहयोग गर्न समेत बैठकले निर्देशन दिएको प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

पार्टीको पालिका अधिवेशनहरु कार्तिक महिनाभित्र सम्पन्न गर्ने, त्यसैगरी असोज भित्र क्षेत्रीय कमिटीहरुको बैठक बस्ने, विभागहरुलाई पूर्णता दिने लगायतका निर्णय गरेको छ ।

पार्टी अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, प्रभा बराल, केन्द्रीय निर्वाचन आयोग सदस्य हिमकला गैरे, केन्द्रीय भूमि व्यवस्था विभाग सचिव विजय सुवेदी, बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, भरतपुर महानगर इन्चार्ज तथा निवर्तमान जिल्ला रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

पार्टी सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा पार्टी उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । बैठकमा उपसचिवहरु मिन बहादुर परियार र ज्वाला पुरी वनले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म